वैखरी अनलाईन : गजेहडा गाउँ पन्चायतका पुर्व उपप्रधान एवम नेपाली कांग्रेस कपिलवस्तुका पुर्व कार्यालय सहायक सचिव कुलप्रसाद आचार्यलाई न्यानो कपडा सहयोग गरिएको छ । सोमबार कांग्रेस कपिलवस्तुका संक्रिय नेता कार्यकर्ताहरुले बाणगङ्गा–४ निवासी आचार्यलाई न्यानो कपडा सहयोग गरेका हुन् ।
बढ्दो जाडो यामका लागि ३/३ सेट जाडोका कपडाहरु, जुत्ता, मोजा, ट्र्याक, ट्राउजर, थर्मकोट ज्याकेटहरु हस्तान्तरण गरिएको नेविसंघ क्षेत्र नं.१ का सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।
आचार्य अविवाहित तथा एकल पुरुष र सम्पती बिहिन हुनुहुन्छ । उहाँको गाँस, बास र आवासदेखि लिएर उहाको हरेक कुराको ब्यवस्था कांग्रेस कपिलवस्तुका सचिव तथा नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरी र उनका भाई सुसिल सिंह ठकुरीको परिवारले गर्दै आएको छ ।
सहयोग कार्यक्रममा कांग्रेस बाणगंगाका सभापति विष्णु थापा, कांग्रेस नेता टेक बहादुर शाही, झलक मल्ल ठकुरी लगायत पार्टीका संक्रिय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।