गृहपृष्ठ Featured कांग्रेसले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शनिबार प्रमाणपत्र वितरण गर्ने

कांग्रेसले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शनिबार प्रमाणपत्र वितरण गर्ने

काठमाडौं : नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । सचिव केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्न लागिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयले सूचना निकालेर यसबारे जानकारी दिएको छ।

साथै शनिबार निर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत बस्दै छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडैलका अनुसार दिउँसो १ बजे पहिलो कार्यसमिति बैठक बस्नेछ।

सम्बन्धित् समाचार