गृहपृष्ठ Featured कृष्णनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रणको बजार अनुगमन

कृष्णनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रणको बजार अनुगमन

नारद कोहार(कपिलबस्तु)  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुको कृष्णनगरमा बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा कृष्णनगर बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाई नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख शिव शंकर मिश्रले बताए ।

उनका अनुसार सो क्षेत्रमा एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किरना पसलमा अनुगमन गरिएको बताए । किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको प्रमुख मिश्रले बताए ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएको वस्तुहरु फेला पारी जफत गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक रामहरी लामिछानेले बताए ।

बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको किरना पसललाई एक हप्ता भित्र दर्ता गरि सञ्चालन गर्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका विष्णु पोखरेलले बताए ।
अनुगमनका क्रममा कृष्णनगर नगरपालिकाका प्रशासन प्रमुख राजेश मिश्रा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका रामलाल चौधरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार