अर्जुन बेल्बासे (कपिलवस्तु) : एमालेको जिल्ला अधिवेशन अध्यक्षमा उम्मेदवारी रहने नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशन नजिकिदैं गर्दा जिल्ला अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ । यहि पुस २३ गते हुने नेकपा (एमाले) को जिल्ला अधिवेशमा कपिलवस्तुबाट शिवराज नगरपालिकाका नगर प्रमुख एवम नेकपा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले एमाले जिल्ला अधिवेशनमा आकांक्षा देखाउनु भएको छ ।
लामो समय सम्म शिक्षण पेशालाई अंगालनु भएका अधिकारी शिक्षण पेसालाई त्यागेर गाविस अध्यक्ष जिम्वेवारी सम्हाल्दै आम नागरीकमा असल पात्रका रुपमा चिनिनु भएको छ । एमाले कपिलवस्तुका एक बौद्दिक नेताको रुपमा रहेका अधिकारी शिवपुर गा वि श अध्यक्ष पश्यात राष्ट्रियसभा सदस्यको निर्वाचनमा भने झिनो मतले पराजित हुनु भएको थियो । पार्टी प्रति गरेको योगदानलमई गदर गर्दै शिवराज नगरपालिकाको नगर प्रमुखको टिकट पाउनु भएका अधिकारी गत निर्वाचनमा एमाले बाट फराकिलो मा अन्तरले नगर प्रमुखमा विजयी हुनु भएको थियो ।
लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माण अहम भूमिका निर्वाह गर्दै आउनु भएका अधिकारीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न अध्यक्षमा उम्मेदवारी रहनेबताउनु भयो ।’ त्यस्तै जिल्ला अध्यक्षमा २ जना डम्मर शर्मा र बाबुराम खनाल जिल्ला अध्यक्ष पदको लागि दौडमा होमिनु भएको छ ।
शर्मा नेकपा एमाले लम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य हुनुन्छ भने खनाल जिल्ला उपाध्यक्ष हुनुन्छ ।