कपिलवस्तु : कपिलवस्तुमा ट्याक्टर पल्टिदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं.३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर मङ्गलवार बिहान ७ बजे दुर्घटना भएको थियो ।
बालुवा लोड गर्न जान मजदूर लिएर हिँडेको ट्याक्टर सडक देखी अन्दाजी २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
यसै गरी घाइते हुनेहरुमा बलराम सुनार, कृष्ण बिक, सरिता थारु र सीमा थारु रहेका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तिव्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताउनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।








