गृहपृष्ठ Featured शिक्षक, कर्मचारीको तत्काल विज्ञापन गर्ने त्रिविको प्रतिवद्धता

शिक्षक, कर्मचारीको तत्काल विज्ञापन गर्ने त्रिविको प्रतिवद्धता

प्रकाशित मिति:

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने प्रतिवद्धता जनाएको छ ।

मंगलबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता समितिबीच भएको छलफलपछि त्रिविले विश्वविद्यालयको रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने र हरेक ६र६ महिनामा शिक्षक, कर्मचारीको खुला विज्ञापन गर्ने प्रक्रिया अघि बढाउने सहमति गरेको हो ।

विश्वविद्यालयसँग विभिन्न माग राख्दै अनेरास्ववियुले गत मंसिर १६ गते विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको थियो ।

मंगलबार त्रिविसँग ताला खोल्नेसहितका ५ बुँदे सहमति भएको हो । त्रिभुवन विश्वविद्यालयले बिसौं वर्षदेखि अध्ययन अध्यापन भइरहेको विषयमा शिक्षकको थप दरबन्दी व्यवस्था गर्न पनि सहमति जनाएको छ ।

त्यस्तै आउँदो फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न पनि त्रिवि सकारात्मक भएको अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत साउन १८ गते स्थगित गरेको उपप्राध्यापक पदको विज्ञापनको कार्यतालिका यथाशीघ्र प्रकाशन गर्ने पनि सहमति भएको छ ।

गत मंसिर १४ गतेको त्रिवि सभाले अस्थायी वा करार सेवामा कार्यरत शिक्षकहरुले मात्र प्राध्यापक पदमा प्रतिस्पर्धा गर्न पाउने गरी त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद २ नियम ६ मा संशोधन गरेको थियो ।

तर त्रिविले उक्त नियम संशोधनको निर्णय पनि तत्काल कार्यान्वयन नगर्न सहमति जनाएको छ । नियम संशोधनलाई कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएको थियो ।

सम्बन्धित् समाचार