गृहपृष्ठ Featured उत्तर कोरियाद्धारा छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्धारा छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार

प्रकाशित मिति:

उत्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो ।

उत्तर कोरियाले जनवरी महिनामा प्रहार गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् ।

सोमबार बिहान प्योङयाङमा रहेको सुनान विमानस्थल नजिकैबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै अलजजीरामा समाचार छ ।

सम्बन्धित् समाचार