गृहपृष्ठ Featured आक्रमणको बदला लिने यूएईको चेतावनी

आक्रमणको बदला लिने यूएईको चेतावनी

प्रकाशित मिति:

काठमाडौं : अबुधाबीमा तीन जनाको ज्यान जाने गरी हुथी विद्रोहीले आक्रमण गरेपछि यूएई सरकारले त्यसको बदला लिने चेतावनी दिएको छ ।

सोमबार अबुधाबीमा भएका दुई आक्रमणमा दुई भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

यूएईका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक लुलिभानले यो आक्रमणको जवाफ दिने बताएको अलजजिराले जनाएको छ ।

अबुधाबी प्रहरीका अनुसार मुसफ्फाह क्षेत्रको एक तेल भण्डारण केन्द्र नजिक तीनवटा तेल ट्यांकरमा र अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एक निर्माण स्थलमा आक्रमण भएका थिए ।

अधिकारीहरुले प्रारम्भिक जाँचबाट सानो उड्ने वस्तु (सम्भवत ड्रोन हुनसक्छ)बाट इन्धन ट्यांकरमा आक्रमण भएको र आक्रमणका कारण ट्यांकर विष्फोट भएर आगलागी भएको जनाएका छन् ।

सम्बन्धित् समाचार