गृहपृष्ठ Featured घाम लागेपछि कपिलवस्तुवासीलाई राहात

घाम लागेपछि कपिलवस्तुवासीलाई राहात

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : केही दिनदेखिको लगातारको चिसोपछि कपिलवस्तुवासीले राहात महसुस गरेका छन् । शुक्रबार विहानबाटै घाम लाग्दाँ कपिलवस्तुवासीले राहात महसुस गरेका हुन् । जिल्लामा केही दिनदेखि घाम नलागेका कारण स्थानीयले सास्ती खेप्दै आएका थिए ।

शुक्रबार बिहानैबाट घाम लागेपछि आफ्नो दैनिक काम गर्न सहज भएको स्थानीयवासीले बताएका छन् । जिल्ला सदरमुकाम लगाएतका स्थानमा रहेका सरकारी कार्यालय तथा स्थानीय गाउँपालिका तथा नगरपालिकामा समेत अन्य दिनको तुलनामा सेवाग्राहीको चाप बढेको थियो ।

अन्य दिनको तुलनामा घाम लागेका कारण नगरपालिकाको कार्यालयमा सेवा लिन आउनेको भिड लागेको हो । लामो समयदेखी घाम नदेखेका कपिलवस्तुका स्थानीयले घाम लागेपछि लुगा धुने लगायतका काम गर्न सहज भएको बाणगंगाकी स्थानीय गृहणी बिमला चौधरीले बताईन् । लगातार चिसो हुदाँ जिल्लामा विपन्न तथा न्यानो कपडाको जोहो गर्न नसक्ने गरिब समुदायका मानिस संकटमा परेका थिए ।

तर शुक्रबार विहानैदेखि घाम लाग्दाँ केही सहज भएको उनीहरुले बताएका छन् । चिसो छल्न दिनरात आगो तापेर बस्नु पर्ने बाध्यता आइपरेपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई थप समस्या सिर्जना भएको थियो ।

सम्बन्धित् समाचार