कपिलवस्तु : सिद्धार्थ सामाजिक बिकास केन्द्रको वार्षिक उत्सव सम्पन्न भएको छ । वातावरण शान्ति र सामाजिक बिकासका लागि रोग,भोक र अशिक्षा विरुद्ध अघि बढौं भन्ने मूल नाराकासाथ सिद्धार्थ सामाजिक बिकास केन्द्रको २६औं वार्षिक उत्सव संस्थाको आफ्नै सभाहल वाणगंगा नगरपालिका ४ जितपुरमा सम्पन्न भएको हो । सो वार्षिक उत्सवको अवसरमा संस्थाको परिसरमा रहेको नव निर्मित सिद्धार्थ गौतम बुद्धको प्रतिमाको संस्थाका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथी सागर प्रसाद श्रेष्ठ संस्थाकी अध्यक्ष सूर्य कुमारी शाहीले संयुक्त रुपमा अनावरण गरेका थिए ।
साथै कार्यक्रममा संस्थाले सिद्धार्थ क्याम्पस बुङचीका कक्षा ११मा अध्ययनरत तथा वाणगंगा ७ निवासी सञ्जय गैरे एवम् सोही ठाउँ वस्ने जया अर्याललाई अपाङ्ग छात्रवृत्ति वापत रु ५/५ हजार नगद र प्रमाण पत्र प्रदान गरेको छ । त्यस्तै बालगृह तौलिहवामा रहेका अनाथ बालबालिकालाई सहयोग स्वरुप सो बालगृह तौलिहवाका अध्यक्ष गोपालमणि ज्ञवालीलाई नगद २० हजार प्रदान गरेको छ । सो संस्था गैर नाफामूलक संस्थाको रुपमा २०५२ सालमा स्थापना भई लुम्विनी प्रदेशमा नमूना संस्थाको रुपमा परिचित हुन सफल भएको छ ।
लुम्विनी प्रदेशका १२ वटै जिल्ला यसको कार्यक्षेत्र रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता संस्थाका संस्थापक सागर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता पूर्व अध्यक्ष एवम् शैक्षिक व्यक्तित्व टिकाराम पौडेल, टंक प्रसाद आचार्य, पोम नारायण पौडेल,निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य,वडा न ९ का वडाध्यक्ष ध्रुर्व वेल्वासे,सिद्धार्थ सहकारीका अध्यक्ष इन्दिरा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।








