सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुमा आईतबार भोलिदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ । यस अघि कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएका किशोर किशोरीहरुलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।
यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले भने खोप लगाउन नपाउने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । जिल्लाका करिब ७४ हजार किशोर किशोरीहरुलाई खोप लगाउन लगाईएको उनले बताए । उनका अनुसार जिल्लामा रहेका पालिकाहरुले आफुलाई सहज हुने मितिमा खोप लगाउन सक्ने छन् । विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् । खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ ।
बाणगंगा नगरपालिकाका वडा नं. ३, ६ र १० मा १२ देखि १७ उमेर समूहका किशोर किशोरीहरुलाई आईतबारबाट खोप लगाउने कार्यक्रम रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । बाणगंगामा १२ देखि १७ उमेर समूहका १२ हजार बढी किशोर किशोरीहरुलाई खोप लगाउने तयारी रहेको उनले बताए ।