काठमाडौं : निर्वाचन आयोगले सरकारसमक्ष स्थानीय तहको निर्वान आगामी जेठ ४ गते गर्ने प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्ने तयारी छ ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले सरकारलाई ताकेता गर्दै आइरहेको छ ।
प्रधानमन्त्रीले यसअघि पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए । पार्टीका नेताहरूसँगको भेटमा जेठ ४ मै निर्वाचन हुने देउवाले जानकारी दिएका थिए ।
नेपाली काँग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने बताएका हुन् ।