वैखरी अनलाईन : जिल्लाको बाणगंगा नगरपालिका वडा नं.११ मा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडाको आयोजना तथा वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । तालिमको वडाध्यक्ष सोमनाथ अर्यालले उद्घाटन गर्नुभएको थियो भने बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको हो । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख थारुले बालिबालिका तथा किशोरकिशोरीको क्षेत्रमा नगरले विगतदेखि नै उल्लेख्य कार्य गर्दै आईरहेको दाबी गर्नूभयो । उनीहरुको सर्वाङगीण विकासका लागी नगरपालिका सदैव प्रतिवद्ध रहेको नगरप्रमुख थारुले जिकीर गर्नुभयो । उहाँले बालबालिकाको क्षमता विकासका लागी नगरले विभिन्न कार्यक्रम संचालन गरेको बताउनुभयो ।
यस्तै तालिमको समापन सत्रलाई सम्बोधन गर्दै वडाध्यक्ष अर्यालले वडामा रहेका किशोरकिशारी तथा बालबालिकालाई नेतृत्व लिन सक्षम बनाउन तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गनुभयो । तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै अघि बढ्न वडाध्यक्ष अर्यालले आग्रह गर्नुभयो । आजका बालबालिका भोलिको देश विकासको आधारस्तम्भ भएका उनीहरुको व्यक्तित्व विकासका लागी वडाले विगतदेखि नै गृहकार्य गर्दै आएको बताउनुभयो । वडाले आयोजना गरेका विभिन्न प्रतियोगितामा बालबालिका तथा किशोर किशारीको विगतदेखि नै उल्लेख्य सहभागिता रहदैं आएकोमा खुशी व्यक्त गर्दै वडाध्यक्ष अर्यालले वडा बालमैत्री बनिसकेको बताउनुभयो ।
तालिममा सहभागि बालबालिका तथा किशोरकिशारीलाई वडाध्यक्ष अर्यालले अहिले आफ्नो भविष्य सुनिश्चित गर्नतर्फ लाग्न आग्रह गर्नुभयो । अहिलको २१ औं शताब्दीमा आफ्नो कलालाई कलात्मक ढङगबाट प्रस्तुत गरी आफुलाई अब्बल बनाउनुपर्ने वडाध्यक्ष अर्यालको भनाई छ ।
३ दिने तालिममा आरटि खान, दिपा महत, अशोक पौडेलले प्रशिक्षण दिनुभएको थियो । यस्तै कार्यक्रममा वडासदस्यहरु वाजबुदलैन शाह, जगनारायण थारु, सावित्रा वि.को आतिथ्यता रहेको तालिममा ४० जना बढि बालबालिका तथा किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।