गृहपृष्ठ Featured स्वतन्त्रताको पक्षमा सडकमा निस्कनुहोस् : राष्ट्रपति जेलेन्स्की

स्वतन्त्रताको पक्षमा सडकमा निस्कनुहोस् : राष्ट्रपति जेलेन्स्की

प्रकाशित मिति:

काठमाडौँ : युक्रेनका राष्ट्रपति भालोडिमिर जेलेन्स्कीले बिहीबार विश्वभरका मानिसलाई आफ्नो देशको समर्थनमा सडकमा आउन आग्रह गरेका छन्। बीबीसीका अनुसार उनले आफ्नो नयाँ भिडियोको सम्बोधनमा यस्तो अपिल गरेका हुन। युद्ध सुरु भएयता जेलेन्स्कीले अंग्रेजीमा सम्बोधन गरेको यो पहिलो पटक हो।

रुसको युद्ध युक्रेन विरुद्ध मात्र होइन, हरेक ठाँउका मानिसको स्वतन्त्रता विरुद्ध हो। र, विश्वले रुसको बर्बर बल प्रयोग रोक्न आवश्यक पर्छ, जेलेन्स्कीले भनेका छन्।

उनले विश्वभरका मानिसहरुलाई अपील गरेर्, आफ्नो कार्यालय, आफ्नो घर, विद्यालय र विश्वविद्यालयहरुबाट बाहिर निस्कनुहोस, शन्तिको नाममा बाहिर निस्कनुहोस युक्रेनको समर्थन गर्न, स्वतन्त्रताको समर्थन गर्न, जीवनका लागि लडनको लागि सडकमा निस्कनुहोस ।

जेलेन्स्कीको सम्बोधन ब्रसेल्समा नाटो शिखर सम्मेलनको केही घण्टा अघि आयो, जहाँ पश्चिमी देशहरु पूर्वी युरोपका केही भागहरुमा सुरक्षा सुदृढ पार्न सहमत हुने अपेक्षा गरिएको छ।

रुसी आक्रमणको एक महिना पुरा भएको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेन उक्त बैठकमा सहभागी हुनेछन्।

सम्बन्धित् समाचार