गृहपृष्ठ Featured आयात प्रतिस्थापन नगरे अर्थतन्त्रमा ठूलो चुनौती देखा पर्छ : गभर्नर अधिकारी

आयात प्रतिस्थापन नगरे अर्थतन्त्रमा ठूलो चुनौती देखा पर्छ : गभर्नर अधिकारी

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फरेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कामय गरहने बताएका हुन् ।

आयात बढ्दै जाने तथा सोअनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रूपमा देखिएको उनले बताए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण सोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको बताए । पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैंकहरुमा ब्याजदर बढ्दै गएको गभर्नर अधिकारीको भनाइ छ ।

‘पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्यवृद्धिले मूल्यवृद्धिमा चाप पर्ने अवस्था रहेको छ । आयातमा भएको उच्च वृद्धि तथा विदेशी मुद्रा आप्रवाह स्रोतको सीमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको छ,’उनले भने ।

हाल देखिएको चुनौतीपूर्ण बाह्य पृष्ठभूमिका रूपमा कोभिडपूर्वको अवस्था सम्झनुपर्ने गभर्नर अधिकारीले बताए । कारोनाका कारण २०२०मा विश्वभर नै बाह्य व्यापार तथा बाह्य रेमिट्यान्स प्रभावित भएको उनको भनाइ छ ।

सम्बन्धित् समाचार