गृहपृष्ठ Featured दाङको बंगलाचुलीमा भएको नमूना मतदानमा ५ वटा मत बदर

दाङको बंगलाचुलीमा भएको नमूना मतदानमा ५ वटा मत बदर

प्रकाशित मिति:

दाङ : यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारीस्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएकोहो ।

नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा संयुक्त गठबन्धन तर्फका ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश निर्वाचन कार्यालयले दाङको एकमात्र ठाउँमा नमूना मतदान गर्ने योजना स्वरुप दाङको विकट पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकालाई छनौट गरिएको हो । जहाँ गरिएको नमूना मतदानबाट यस पटको निर्वाचनमा बदर मतको संख्या कम हुने आशा राखिएको उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार