गृहपृष्ठ Featured ‘बाणगंगामा कांग्रेसको जित सुनिश्चित छ’

‘बाणगंगामा कांग्रेसको जित सुनिश्चित छ’

वैखरी अनलाईन : आसन्न स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकामा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको नेताहरुले दाबी गरेका छन् । नगरका ११ वटै वडामा कांग्रेसको जित्ने आधार बलियो रहेको भन्दै नेताहरुले यस्तो दाबी गरेका हुन् । विगतमा नगर प्रमुखसहित ३ वटा वडामा जित हात पारेको कांग्रेसले यस पटक भने नगरप्रमुख, उपप्रमुखसहित ११ वटै वडामा जित हात पार्ने नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्यप्रसाद बरालले दाबी गरे ।

बाणगंगामा यति बेला कांग्रेस घरदैलो कार्यक्रममा व्यस्त रहेको बताउँदै उनले नगरमा कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको बताए । उनले भने, ‘हामीहरु यति बेला घरदैलो कार्यक्रममा व्यस्त छौं । जनताको कांग्रेसप्रतिको जन चाहाना बढ्दै गएको पाएका छौं, जसले हामीहरुलाई उत्साहित बनाएको छ ।’

उनले बाणगंगाको मेयर र उपमेयरमा कांग्रेसले कार्य कुशलताका हिसाबले उत्कृष्ट पात्रलाई उम्मेदवार बनाएको जिकीर समेत गरे । कांग्रेसले बाणगंगाको मेयरमा रविराज आचार्य र उपमेयरमा तारावती चौधरीलाई उम्मेदवार बनाएको छ । घरदैलोमा मतदाता, नेता, कार्यकर्तामा देखिएको उत्साहले आफुहरु बाणगंगामा जित हात पार्नेमा विश्वस्त रहेको उनको भनाई छ ।

बाणगंगा नयाँ मतदाताहरु अधिकांश युवाहरु रहेको र उनीहरु नेपाली कांग्रेसतर्फ भएको समेत उनको दाबी छ । उनले भने, ‘हाम्रो पार्टीप्रति नयाँ मतदाताको आकर्षण छ, जसले नेपाली कांग्रेसलाई बाणगंगामा शानदार जित हात पार्न सहयोग मिल्ने छ ।’

सम्बन्धित् समाचार