गृहपृष्ठ Featured बुटवलमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा उम्मेदवारकी पत्नीलाई पक्राउ गरी सोधपुछ

बुटवलमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा उम्मेदवारकी पत्नीलाई पक्राउ गरी सोधपुछ

प्रकाशित मिति:

तिलोत्तमा : बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी पत्नीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । मौन अवधिमा मतदाता प्रभावित पार्न गएको आरोपमा उनीसमक्ष सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।

बुटवल –११ मजुवास्थित सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले सोधपुछ गरेको जनाएको छ । उनलाई भुसालको घरमा अन्य २र४ जना सहित गएको अन्य दल सम्बद्ध कार्यकर्ताले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

‘पैसा बाँड्न आएको भनी हामीलाई फोन आयो,ु इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले भने, ‘हामी उक्त स्थानमा पुगेुर उहाँलाई पक्राउ गरेर खानतलासी गर्दा केही त्यस्तो नभेटिएपछि पार्टीका प्रतिनिधि बोलाएर जिम्मा लगाएर आएका हौं ।’ उनी मतदातालाई पैसा बाँड्न गएको आरोप स्थानीयले लगाएका थिए ।

भट्टराईले बुधबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै आफू बिरामीलाई भेट्न र घरभाडा उठाउन गएका बेला केही व्यक्ति आएर होहल्ला गरेर पैसा बाँड्न आएको आरोप लगाउँदै जबर्जस्त प्रहरीलाई बोलाएको बताइन् ।

सम्बन्धित् समाचार