गृहपृष्ठ Featured लिभरपुलले साउथह्याम्टनलाई हरायो

लिभरपुलले साउथह्याम्टनलाई हरायो

प्रकाशित मिति:

इंग्लिस प्रिमियर लिगको उपाधि टुंगो अन्तिम दिन लाग्ने भएको छ। लिभरपुलले अन्तिम खेलअघि साउथह्याम्टनलाई २-१ ले पराजित गरेसँगै प्रिमियर लिगको टुंगो अन्तिम दिन लाग्ने भएको हो। लिभरपुललाई जित दिलाउने क्रममा मिनामिनोले २७ मिनेट र मटिपले ६७ मिनेटमा गोल गरे।

त्यसअघि रेडमडले १३ मिनेटमा गोल गरेर साउथह्याम्टनलाई पहिले अग्रता दिलाएका थिए। अन्तिम खेलअघि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ९० अंक र दोस्रो स्थानको लिभरपुलको ८९ अंक भएको छ।

अन्तिम दिन २२ मेमा सिटीले एस्टन भिल्ला र लिभरपुलले वुल्भ्ससँग भिड्नेछन्। सिटीलाई लिग जित्न भिल्लालाई हराए पुग्छ। तर लिभरपुललाई आफूले जितेर मात्र पुग्दैन सिटीको बराबरी वा हारको कामना गर्नु पर्नेछ।

लिभरपुल पराजित भए सिटीले स्वतस् लिग जित्नेछ। लिभरपुल बराबरीमा रोकिए वा सिटी पराजित भए गोलअन्तरको आधारमा लिगको टुंगो लाग्न सक्छ। गोलअन्तरमा सिटी ६ गोलले अघि छ।

सम्बन्धित् समाचार