गृहपृष्ठ Featured एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको विश्व कीर्तिमान

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको विश्व कीर्तिमान

प्रकाशित मिति:

काठमाडौं : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले विश्व कीर्तिमान बनाएको छ । इङ्ल्यान्डले शुक्रबार नेदरल्यान्ड्सविरुद्ध ४९८ रन बनाउँदै सबैभन्दा धेरै योगफल बनाउने कीर्तिमान बनाएको हो ।

नेदरल्यान्ड्सको आम्सटेलभीनस्थित भीआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याएको इङल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनाएको हो ।

जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा बनेको सबैभन्दा ठूलो योगफल हो । यसअघि इङ्ल्यान्डले नै अस्ट्रेलियाविरुद्ध २०१८ जुन १९ मा ४८१ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाए । पाहुना टोलीका फिल साल्टले १२२, डेविड मालनले १२५, जोस बटलरले अविजित १६२ रन बनाए । कप्तान इयान मोर्गान शून्यमा आउट हुँदा लियाम लिभिङस्टोनले अविजित ६६ रन बनाए ।

नेदरल्यान्ड्सका पिटर सिलारले दुई विकेट लिए भने लोगन भान विक र शन स्नेटरले एक एक विकेट लिए ।

सम्बन्धित् समाचार