गृहपृष्ठ Featured कपिलवस्तुमा खोलाले बगाएर बेपत्ता भएका दुई भारतीयको शव भेटियो

कपिलवस्तुमा खोलाले बगाएर बेपत्ता भएका दुई भारतीयको शव भेटियो

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका- १ मा पर्ने पैरा खोलाले बगाएर वेपत्ता दुई  भारतीय किशोरको शव फेला परेको छ । सोमवार विहान परेको अविरल वर्षाले खोलामा आएको बाढीले उनीहरुलाई बगाएको थियो ।

प्युठानको स्वर्गद्धारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किदै गर्दा गाडीबाट झरेर खोला तर्ने क्रममा खोलाले बगाएको हो । वेपत्ता भएको झण्डै तीन घण्टा पछि शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले बताए ।
बगेको स्थान देखि झण्डै ४ किलोमिटर तल खोलाको किनारमा शव फेला परेको शाहीले बताए ।

भारतको बलरामपुर जिल्ला बस्ने बर्ष १७ का निखिल कौशाल,बर्ष १८ सुरज सोनीलाई पहिरोले बगाउदा वेपत्ता भएका थिए । अन्य तीन जनाको भने तत्काल उद्धार गरिएको थियो । कौशल र सोनीको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तौलिहवा लैजाने तयारी भएको निरिक्षक शाहीले बताए ।

सम्बन्धित् समाचार