गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाका सरोकारवालाले भने- ‘पुरा गर्न सक्ने निति तथा कार्यक्रम मात्र ल्याउनु’

बाणगंगाका सरोकारवालाले भने- ‘पुरा गर्न सक्ने निति तथा कार्यक्रम मात्र ल्याउनु’

प्रकाशित मिति:

वैखरी अनलाईन : बाणगंगा नगरपालिकाका सरोकारवालाले पुरा गर्न सक्ने निति तथा कार्यक्रम मात्र ल्याउन सुझाव दिएका छन् । विगतका बर्षहरुमा ल्याईएका निति तथा कार्यक्रममा पुरा गर्न नसक्ने केही कार्यक्रमहरु समावेश गरिएकोमा असन्तुष्टि जनाउँदै सरोकारवालाहरुले अब उक्त काम नदो¥याउन सुझाव दिएका छन् । बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि मंगलबार सरोकारवालासंग राखेको सुझाव संकलन कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिदैं सो विषयवस्तु उठाएका हुन् । उनीहरुले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने बताए ।  उनीहरुले नगरपालिकाले गरेका कतिपय विकास निर्माणका कामहरु दीर्घकालीन नभएकाले निश्चित मापदण्ड अपनाउँदै विकास पूर्वाधारका कामलाई अगाडी बढाउनुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा सुझाव राख्दै प्रदेश सांसद विष्णु पन्थीले वाणगंगा नगरपालिकालाई प्रदेश तथा देशकै उत्कृष्ट नगरपालिका बनाउनुपर्ने भन्दै कपिलवस्तुमा रुपन्देहीमा भन्दा बढी स्रोत र साधन रहेको बताए ।

सांसद पन्थीले पुरा गर्न नसक्ने महत्वकाक्षीं योजनाहरु नीति तथा कार्यक्रममा समावेश नगर्न सुझाव दिए । सुझाव राख्दै संविधान सभा सदस्य विश्राम प्रसाद थारुले नगरपालिकामा रहेका स्रोतको पहिचान गर्दै खोलानालाहरुको उचित ब्यवस्थापन गर्न सुझाव दिए ।

निर्वतमान नगर प्रमुख मंगल प्रसाद थारुले पदमा बसेर काम गर्न गाह्रो रहेको अनुभव सुनाए ।

उनले अब आफु मेयरमा नदोहोरिने उद्घोष समेत गरे । नगरपालिकामा राम्रो काम गर्ने जनप्रतिनिधिलाई आफुको सधै साथ र सहयोग गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।कार्यक्रममा सल्लाह तथा सुझाव राख्दै नेकपा एमाले बाणगंगाका नगर अध्यक्ष युवराज पोख्रेलले जिल्लाकै उत्कृष्ट तथा मुख्य ब्यापारिक केन्द्र वाणगंगालाई भनिए पनि यँहा एउटा बसपार्क नहुनु दुखद भएको भन्दै अबको नीति तथा कार्यक्रममा बसपार्कको विषयलाई समावेश गर्न आग्रह गरे ।

उनले पछिल्लो समय नगरमा सडक लगायत विभिन्न कारण दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्ने गरी कार्यक्रम ल्याउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगरसभापति विष्णु थापाले वर्षौ देखि नगरपालिकामा विभिन्न समस्याहरु उठे पनि अहिलेसम्म समाधान हुन नसकेको बताए । नगरपालिकामा गरिवी, सुकुम्बासी लगाएत धेरै समस्या रहेको भन्दै त्यो समस्यालाई समाधान गर्ने गरी आगामी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । वाणगंगामा कृषकले उत्पादन गरेको बस्तुहरुको बजारी करण हुन नसक्दा धेरै कृषम मर्कामा परेका छन् यसका साथै, मल, सिचाईको समस्यापनि ब्याप्त रहेकाले यसलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव कमल भट्टराईले विकास निर्माणको काम गर्दा पर्यावरणलाई सन्तुलित राख्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई महत्वका दिदैँ आगामी नीति तथा कार्यक्रममा ल्याउन सुझाव दिए । यस्तै कार्यक्रममा नेकपा नेता गणेश चौधरीले नगरपालिकाले काम गर्दा गुस्तरमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, वडा नम्बर ९ का निर्वतमान वडा अध्यक्ष धुर्व बेल्वासे, पत्रकार अशोक पौडेलले बोल्दै छाडा पशुचौपायाको ब्यवस्थापन, लागुऔषधको नियमन तथा नियन्त्रणमा, मिडियामा एक रुपता दिन सुझाव दिएका छन् । कार्यक्रममा सरोकारवालाले राखेका सुझावलाई आगाी निती तथा कार्यक्रममा समेट्ने प्रयास गर्ने भन्दै नगरप्रमुख चक्र अर्यालले यसका साली सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

नगरप्रमुख चक्र अर्यालको अध्यक्षमामा भएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत टेकराज पन्थीले आर्थिक वर्ष २०७८/७९ को बजेट तथा खर्च विवरण आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । पन्थीले वाणगंगाको विकास तथा समृद्धि लागि आएका सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिवद्धता व्यक्त गरे ।

शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीको संचालनमा सम्पन्न कार्यक्रममा, नगरका जनप्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी संचारकर्मी लगाएतको उपस्थिति थियो ।

सम्बन्धित् समाचार