गृहपृष्ठ Featured चोरीका ५ मोटरसाइकलसहित ६ जना पक्राउ

चोरीका ५ मोटरसाइकलसहित ६ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं : चितवनबाट पाँच वटा मोटरसाइकल र स्कुटर चोरी गर्ने ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका बस्ने २२ वर्षीय सङ्कल्प पनेरू, २५ वर्षका जनमराज पुरी, २१ वर्षीय सुशील पुरी, २७ वर्षका राजेश पासवान, माडी नगरपालिका ९ बस्ने ३१ वर्षका विजय दुरा र बागलुङ जैमिनी नगरपालिका ८ का २४ वर्षका जीवन पौडेल रहेका छन्।

उनीहरुको साथबाट ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरको मोटरसाइकल, भरतपुर अस्पतालबाट चोरी भएको प्रदेश ३–०४ प ४७१८ नं, प्रदेश ३–०३–००१ प ५११० नं।को स्कुटर र प्रदेश २–०३–००१ प ४०५६ नं। लगाइएको मोटरसाइकल बरामद गरिएको चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका ६ जनामाथि चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित् समाचार