काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पहिला प्रहार गरेको गोली चुकेपछि उनले आबेलाई दोस्रो गोली प्रहार गरेका थिए ।
गोली लागेपछि उनी तुरुन्तै रगत बगेर भुइँमा लडे । त्यसपछि सुरक्षाकर्मीले भाग्ने प्रयास गरेका आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले आक्रमणकारीको बन्दुक पनि नियन्त्रणमा लिएको र पहिचान गरेको पनि जापानी प्रसारकले जनाएका छन् ।
गोली प्रहार गर्ने संदिग्धको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन ।
नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । भाषण गरिरहेका आबेमाथि पछाडिबाट गोली हानिएको थियो । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।








