वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा ‘ए वन बेकरी एण्ड क्याफे’ सञ्चालनमा आएको छ । महेन्द्र राजमार्गको जितपुर वैरीया जोडने पुलको दक्षिण तर्फ ए वन बेकरी एण्ड क्याफे आज सञ्चालनमा आएको हो । कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले आज रिवन काटदै ए वन बेकरी एण्ड क्याफेको उद्यघाटन गरेका छन ।
बिभिन्न भेलेबरका केकसहित पिज्जा बर्गर र फास्टफुड सुपथ मुल्यमा पाउनुका साथै होम डेलीभेरीको समेत ब्यवस्था रहेको सञ्चालक बिष्णु घिमिरेले वैखरी अनलाइनलाई बताए ।
उद्यघाटन कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेल, बरिष्ठ समाजसेवि तिलक थापा राजेन्द्र बिक्रम शाह, पत्रकार हरि अधिकारी, दिपक अनुरागी, अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेलले ब्यवसायीक सफलताको शुभकामना समेत दिएका थिए ।







