वैखरी अनलाईन : कपिलवस्तुमा पम्पसेट मेशिनमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको शिवराज- ८ बिसनपुर निवासी महमद जोलाहा अन्सारीको ७७ बर्षीय श्रीमती मजबुन निसाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विहिबार दिउँसो करिब पौने २ बजेको समयमा बारीमा जडान गरेको जमिनबाट पानी निकाल्ने पम्पसेट मेशिन चलाई नुहाउने क्रममा अचानक मेशिनमा पर्दा मृत्यु भएको हो ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








