गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुमा प्रदेश सरकारको २९ प्रतिशत बढी बजेट फ्रिज !

कपिलवस्तुमा प्रदेश सरकारको २९ प्रतिशत बढी बजेट फ्रिज !

कपिलवस्तु : कपिलवस्तुमा प्रदेश सरकारले छुट्टयाएको पुँजीगत तर्फको बजेट खर्च उत्साहजनक नरहेको पाइएको छ । गत आव ०७८/०७९ मा प्रदेश सरकारद्धारा प्राप्त बजेटको २९ दशमलव ८५ प्रतिशत रकम काम हुन नसके पछि फ्रिज गएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुका अनुसार गत आवमा प्रदेश सरकारका जिल्ला भित्र रहेका मातहत कार्यालयमा पुँजीगत तर्फ १ अर्व ८९ करोड १२ लाख ३८ हजार रकम आएको थियो । जस मध्ये असार मसान्तसम्म १ अर्व ३२ करोड ६५ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ ।

फ्रिज गएको बजेट कुन कुन कार्यालयको बढी छ, त्यसको तथ्याङ्क निकाली नसकेको कोष तथा लेखा नियन्त्रणको कार्यालय कपिलवस्तुले जनाएको छ । प्रदेश तर्फको पुँजीगत बजेट खर्च उत्साहजनक नरहे पनि संघ तर्फको बजेटको खर्च भने सन्तोषजनक रहेको छ ।

जिल्लामा गत आव ०७८/०७९ का लागि २ अर्व ३३ करोड १८ लाख ३८ हजार बजेट आएको थियो । जसमध्ये २९ करोड २२ लाख बराबरको बजेट खर्च हुन नसकेर फ्रिज भएको छ । प्रतिशतका हिसाबले जिल्लामा १२.४९ प्रतिशत बजेट खर्च हुन नसकेको हो ।

सम्बन्धित् समाचार