सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगामा नगरस्तरिय युवा क्लव गठन भएको छ । बुधबार नगरपालिकाको सभाहलमा बसेको एक बैठकबाट मधुसुधन भुसालको अध्यक्षतामा क्लव गठन भएको हो ।
जसको उपाध्यक्षमा शान्ता खनाल, सचिवमा दुर्गेश चौधरी, सहसचिवमा सृष्टि भर्तेल र कोषाध्यक्षमा लक्ष्मण न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी.ले युवाहरुको मूलभुत समस्या पहिचान गर्दै समस्या समाधान गर्ने बाटोमा लाग्न आग्रह गरे ।
युवाको सर्वाङ्गीण विकासका लागी नगरपालिका सदैव साथमा रहेको बताउँदै उनले युवाहरु थप सक्रिय हुन आवश्यक रहेको बताए ।
युवा क्लवका अध्यक्ष मधुसुधन भुसालले युवाहरुको हकअधिकारसंगै उनीहरुको उत्तरदायित्वका सवालमा सक्रिय हुदैं अघि बढ्ने प्रतिवद्धता जनाए ।
नगरस्तरिय युवा क्लव गठन बैठकमा जिल्ला युवा परिषद कपिलवस्तुका अध्यक्ष टुकलाल गैरे, सिद्धार्थ सामाजिक विकास संस्थाका आरटी खान लगायतको उपस्थिती थियो ।