गृहपृष्ठ Featured पञ्चांग निर्णायक समितिले भन्यो- ‘जनैपूर्णिमा साउन २७ गते नै’

पञ्चांग निर्णायक समितिले भन्यो- ‘जनैपूर्णिमा साउन २७ गते नै’

प्रकाशित मिति:

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा एकैदिन रहेको दोहोर्‍याएको छ। जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकै दिन परेको भन्दै टिकाटिप्पणी भइरहँदा समितिले बुधबार विज्ञप्ति निकालेर भ्रममा नपर्न आग्रह गरेको हो। समितिले सन्देह नराखी आफ्ना धार्मिक कृत्य गर्न गराउन समेत भनेको छ ।

 

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले स्मरण गराएको छ।

सम्बन्धित् समाचार