बुटवल, भदौ २८ ।
नेकपा (विप्लव) समूहको युवा संगठन लुम्बिनी प्रदेश इन्चार्ज हरि बस्नेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनी प्यूठान माण्डपी गाउँपालिका निवासी हुन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकार) राज्य समिति सदस्य प्यूठान नगरपालिका वडा नं। १० निवासी विश्व केसी (सुवोध) पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेव, स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश अध्यक्ष सुदर्शन वराललगायतका नेताहरुले नवप्रवेशी बस्नेत र केसीलाई स्वागत गरेका थिए ।
सो अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज खनालले माओवादी केन्द्रले जनताको एजेण्डा बोकेकाले पार्टीमा आकर्षण बढेको बताए । पूर्व माओवादीबाट अलग भएर गएकाहरु पार्टीमा फर्किने क्रम बढेको बताउँदै उनले यसले वाम एकतालाई बल पु¥याएको बताए ।
निर्वाचन नजिकिँदै जाँदा लुम्बिनी प्रदशका अन्य जिल्लामा पनि पार्टी प्रवेशका कार्यक्रम भइरहेको प्रदेश सचिव कृष्ण अधिकारीले बताए ।