वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगाको ओदारीमा फर्निचर उद्योग संचालनमा आएको छ । बाणगंगा नगरपालिका- ११ ओदारीमा सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएसंगै फेदा फैन्सी फर्निचर उद्योग संचालनमा आएको हो ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ६ निवासी ३९ बर्षीय उसमान गनि मुसलमानले उक्त फर्निचर उद्योग संचालनमा ल्याएका हुन् । विभिन्न अवसर तथा घरका लागी आवश्यक बेड, सोफा, डाईनिङ टेवल, ड्रेसिङ्ग टेवल, सेन्टर टेवल, गद्दा, दराजसहित फर्निचरका सम्पुर्ण सामान आफुहरुले उपलब्ध गराउने फर्निचरका प्रो. मुसलमानले बताए ।

प्रो. मुसलमानसंग ६ बर्षसम्म ईट्टा भट्टा चलाएको अनुभव छ । करिब ८ लाखको लगानीमा फर्निचर उद्योग संचालनमा आएको उनले जानकारी दिए ।
स्थानीय स्तरमा संचालनमा आएका उद्योग व्यवसायलाई प्रवर्धन गर्न आफु प्रतिवद्ध रहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोकलराम घिमिरेले बताए । संघले व्यवसायीको पिर मर्का बुझेर समयसमयमा व्यवसायी क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै जाने अध्यक्ष घिमिरेले बताए ।
अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत हुनु एक सबल पक्ष भएको उनको भनाई छ ।









