गृहपृष्ठ Featured कपिलवस्तु- २ मा विभिन्न पार्टी परित्याग गरी एक सय बढी नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश

कपिलवस्तु- २ मा विभिन्न पार्टी परित्याग गरी एक सय बढी नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश

कपिलवस्तु ।

एमाले राप्रपा लगायत बिभिन्न पार्टी परित्याग गरी कपिलवस्तुमा सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका छन । कांग्रेस क्षेत्र नम्बर २ स्थित बुद्धभुमी नगरपालिका – ८ हरिहरपुर कांग्रेस ईकाई समितिद्धारा आयोजित पार्टी प्रबेश कार्यकर्तामा उनीहरु कांग्रेस प्रबेश गरेका हुन ।

उनीहरुलाई कांग्रेस क्षेत्र नम्बर २ क का उम्मेदवार तथा पुवृ एएसपी बिक्रम सिंह थापाले टिका लगाएर पार्टी प्रबेश गराएका थिए । एमाले वडा सदस्यको उम्मेदवार पुष्पा कुर्मी, राप्रपा वडा सदस्यको उम्मेदवार राम अक्षा केवट, महेन्द्र यादव, गौरी शंकर कुर्मी, लक्ष्मण पासवान, लक्ष्मी गडरिया लगायत सयौ कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेको कांग्रेस नेता रोमलाल खनालले बताए ।

बिभिन्न पार्टी पत्यिाग गरी कांग्रेसमा प्रबेश गर्नेको संख्या दिन प्रतिदिन बढदै गए पछि कांग्रेस यो क्षेत्रमा बलियो हुदै गएको नेता खनालले बताए । सो अवसरमा प्रदेश सदस्यका उम्मेदवार थापाले कांग्रेसको यो महा अभियानमा जुटदै गए पछि कांग्रेस जीत तर्फ अग्रसर भएको बताए । उनले कांग्रेसले नै देशमा शान्ति बिकास, रोजगारी लगायतका क्षेत्रमा काम गर्ने बताए ।

उनले मंसिर ४ गते सम्म यो उत्साहलाइ कायम राख्न आग्रह गरे । वडा ईकाई सभापति हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश सदस्य रोमलाल खनाल, पार्टी उप सुभापति रजत आचार्य , पार्टी नगर सभापति माधव दमासे,जिल्ला समन्ववय समितिका पुर्व प्रमुख नारायण खनाल नेता कपिल देव तिवारी लगायतले मन्तब्य दिएका थिए ।

सम्बन्धित् समाचार