गृहपृष्ठ Featured फाइनल पुग्न इङ्ल्यान्डलाई भारतद्धारा १६९ रनको लक्ष्य

फाइनल पुग्न इङ्ल्यान्डलाई भारतद्धारा १६९ रनको लक्ष्य

हार्दिक पाण्डेयाको अविजित अर्धशतकप्रेरित भारतले आईसीसी टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डलाई एक सय ६९ रनको लक्ष्य दिएको छ।

एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार ग‍र्‍यो।

भारतका लागि पाँचौं नम्बर क्रिजमा उत्रिएका हार्दिकले ३३ बलमा चार चौका र पाँच छक्कासहित ३३ रनको शानदार इनिङ खेले। त्यसअघि पूर्व कप्तान विराट कोहली ४० बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्केका थिए।

ओपनर केएल राहुल पाँच तथा कप्तान रोहित शर्मा २७ रन बनाएर आउट भएका थिए। त्यस्तै, सूर्य कुमार यादव १४ र विकेटकिपर ब्याटर ऋषभ पन्त ६ रन बनाएर आउट भए।

बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस जोर्डनले एक रन आउटसहित चार विकेट लिए। त्यसबाहेक आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट लिए।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा पुगिसकेको छ। भारत र इङ्ल्यान्ड बीचको विजेताले आइतबार हुने फाइनलमा पाकिस्तानसँग खेल्ने छ।

सम्बन्धित् समाचार