वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगाको बुङची दरखास्तमा रहेको सुर्योदय युवा क्लवले फोहोर मैला व्यवस्थापनका सम्बन्धमा चासो देखाएको छ । बाणगंगा नदी किनारमा रहेको डम्पिङ साईटमा आगलागी हुदाँ वातारणीय प्रदुषण भएको भन्दै क्लवले मेयर चक्रपाणी अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
डम्पिङ साईटमा निरन्तर भएको आगलागीले बाणगंगा नगरपालिकाका दर्जन बढी गाउँका बासिन्दा प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यसरी भएको आगलागीले मानवजातीको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने बताउँदै क्लवका अध्यक्ष मिलन सिंह ठकुरीले वैखरीसंग भने, ‘केही दिनदेखि डम्पिङ साईटमा निरन्तर आगो लागेको छ । यसमा नगरपालिका गम्भिर हुनुपर्ने हामीहरुको मागसहित ज्ञापनपत्र बुझाएका छौं । नगरपालिका यसको व्यवस्थापनमा लाग्ने छ भन्नेमा हामी विश्वस्त छौ ।’









