उनको यो हर्कतले थुप्रै तर्क वितर्क जन्माएको छ । धेरैले उनको यो व्यवहारको आलोचना गरेका छन् ।
फेरि एकपल्ट पेनाल्टी शुटआउटले समर्थक र खेलाडीको तनाव बढाइदिएको थियो । खेल सकिएपछि अर्जेन्टिनी सन्चारमाध्यम ला रेडसँगको कुराकानीमा उनले आफ्नो त्यो सेलिब्रेसन शैलीबारे खुलाए ।
‘मैले यसकारण यस्तो गरेँ कि फ्रान्सेलीहरुले मेराविरुद्ध हुटिङ गरिरहेका थिए,’ उनले भने ।
उनले आफ्नो उपाधि परिवारलाई समर्पित गर्न चाहेको बताए । ‘म यो सफलता आफ्नो परिवारप्रति समर्पित गर्न चाहन्छु । म निकै शान्त स्थानबाट आएको हुँ र निकै सानो उमेरमा इंग्ल्याण्ड गएको थिएँ । म यो उनीहरुप्रति समर्पित गर्न चाहन्छु,’ उनले थपे ।
यद्यपी खेलपछि मार्टिनेजको व्यवहारले भने सबैलाई भावुक बनाएको थियो । फाइनलमा पारजित भएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले केलिएन एम्बाप्पेलाई सान्त्वना दिइरहेको दृश्यमा मार्टिनेज पनि सँगै थिए ।
