शम्भु वि.क., विजयनगर ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका- २ मगरघटामा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिव मन्दिर शिलान्यास गर्नुभएको छ।
करिब दश लाखको लागतमा शिव मन्दिर निर्माण हुन लागेको हो।

मगरघटा आरटीयो सडकको पश्चिम पट्टी दाता विश्नु हरि सापकोटा ५ धुर र विष्णु सोतीले १ धुर मन्दिर निर्माण गर्न जग्गा दान गर्नुभएको हो ।
यस मन्दीर को अध्यक्ष श्री कृष्ण प्रसाद उपाध्यायले पुजा गरी सम्पन्न गर्नु भएको हो। शिलान्यास कार्यक्रममा भजन समुहको सम्पूर्ण सदस्य, बिना देवि तिवारी,भुमकला चापागाईं,राधा भुसाल,बिष्णु पौडेल,गङ्गधर बस्यालको उपस्थिति रहेको थियो।
मन्दिर हामी सबैको साझा सम्पत्ति भएकाले यस गाउका सम्पूर्ण ब्यक्तिले सहयोग गर्नु पर्ने भजन समुहका सचिव ति सन्तोष तिवारीले अनुरोध गर्नुभएको छ।
उहाले यो बजेट गाउँपालिकाको मात्र नभई सम्पुर्ण नगरवासीको बजेट भएको बताउँनुभयो । उहाँले यसलाई सहि सदुपयोग गरेर काम सम्पन्न गर्नु पर्ने बताउनुभयो।








