गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमि- ४ को उदाहरणीय कार्य : सुत्केरीलाई पौष्ट्रिक आहार

बुद्धभूमि- ४ को उदाहरणीय कार्य : सुत्केरीलाई पौष्ट्रिक आहार

वैखरी अनलाईन, बुद्धभमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं. ४ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । वडाभित्र रहेका १० जना सुत्केरीलाई वडाले पौष्ट्रिक आहार प्रदान गरेको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरि सुत्केरी महिलालाई पौष्ट्रिक आहार स्वरुप एक के.जी. चना, एक क्यारेट अण्डा र एउटा हर्लेस प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सुसिल कुमार चौधरीले बालबालिका परिवार, समाज र राष्ट्रको भावि आधारस्तम्भ भएकाले उनीहरुको शारिरीक, मानसिक, सामाजिक विकासको लागी आमालाई पौष्ट्रिक आहार आवश्यक पर्ने भएकाले वडाले पौष्ट्रिक आहार उपलब्ध गराएको बताए ।

वडाध्यक्ष चौधरीले आगामी दिनमा पनि सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई मध्येनजर गरि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता व्यक्त गरे । वडाका सम्पुर्ण वडावासीले स्वस्थ्यपूर्ण जीवन यापन गर्न पाउनुपर्ने अधिकारलाई वडाले सधै उच्च प्राथमिकता दिएको उनको भनाई छ ।

उक्त पौष्ट्रिक आहार वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि र स्वास्थ्य चौकी प्रमुख विष्णु बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।

यस्तै वडाले विहिबार वडाभित्रका २७ गरिब, विपन्न परिवारलाई न्यानो कपडा वितरण समेत गरेको छ । न्यानो कपडा पाएपछि उनीहरुले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि गरिब, विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको सुखदुखमा साथ दिन वडाध्यक्षलाई आग्रह गरेका थिए ।

न्यानो कपडा वितरण कार्यक्रममा मेयर केशवकुमार श्रेष्ठ, वडाध्यक्ष सुसिल कुमार चौधरीसहित वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार