गृहपृष्ठ Featured लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्धारा शपथ ग्रहण

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्धारा शपथ ग्रहण

रूपन्देही ।

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले शपथ ग्रहण गरेका छन् ।

बुधबार एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई शपथ ग्रहण गराएका हुन् । त्यस्तै सभामुख घर्तीले उपसभामुख केसीलाई शपथ ग्रहण गराएका छन् ।

माघ ३ गते भएको निर्वाचनमा उनीहरू निर्विरोध भएका थिए । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरु, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरु सहभागी थिए ।

लुम्बिनी प्रदेशमा सत्तारूढ दलको सहमतिअनुसार नेकपा एमालेले मुख्यमन्त्री, माओवादीले सभामुख र राप्रपाले उपसभामुख भाग पाएका थिए ।

सम्बन्धित् समाचार