गृहपृष्ठ Featured कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । स्थानीय वडा नम्बर ३ निवासी ३० बर्षीय युवक विन्दकुमार कहाँरको मृत्यु भएको हो ।

शनिबार बिहान पौने ९ बजे लु २ ख ४२२६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीका अनुसार बसले लु ४ त ५४१९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा बसमा सवार ६ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

बस र ट्याक्टर चालक फरार रहेका छन् ।

सम्बन्धित् समाचार