गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा आज चर्चित गायक प्रकाश सपुत आउँदै

कपिलवस्तु महोत्सवमा आज चर्चित गायक प्रकाश सपुत आउँदै

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवमा आज चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहने भएको छ । महोत्सवको आज चौथो दिन गायक सुपतसंगै लोक तथा दोहोरी गायिका सपना गाहाको प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए ।

गायक सपुतले दर्जनौ चर्चित गित गाएका छन् ।

महोत्सवको तेस्रो दिन पप गायक कमल खत्री लगायतको प्रस्तुति रहेको थियो ।

डान्स आईडल संयोजक विरेन्द्र खाँणले विहिबार १४ जना प्रतिस्पर्धीले प्रस्तुति राखेको बताए ।

शुक्रबार पनि डान्स आईडलबाट थप प्रतिस्पर्धी बाहिरिने छन् । आजबाट गायन आईडल समेत सुरु हुने उनले जानकारी दिए ।

माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

 

सम्बन्धित् समाचार