गृहपृष्ठ Featured माओवादीले बोलायो पदाधिकारी बैठक, राष्ट्रपतिका विषयमा छलफल

माओवादीले बोलायो पदाधिकारी बैठक, राष्ट्रपतिका विषयमा छलफल

प्रकाशित मिति:

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । दिउसो साढे ४ बजे माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

सो पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले दिएको जानकारीअनुसार दिउसो साढे ४ बजे बैठक बोलाइएको छ ।

बैठकमा राष्ट्रपति उमेदवारका विषयमा कुराकानी हुने भएको छ । यसअघि आइतबार राति कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच कुराकानी भएको थियो ।

सो बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक राखेर निर्णय गरिने आश्वासन दिएका थिए ।

सम्बन्धित् समाचार