गृहपृष्ठ Featured नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

काठमाडौं ।

भीम सार्कीको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई)सामु २३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२९ रनको योगफल खडा गर्यो ।

नेपालका लागि भीमले ९९ बलमा सात चौकासहित ७० रन बनाए । नेपाल ४९–३ को अवस्थामा ब्याटिङका लागि आएका भीमले ७८ बलमा चार चौकासहित ५० रन पूरा गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो पहिलो अर्धशतक हो । भीमले त्यसअघि नेपालको स्कोर बोर्ड ६८–५ को कठिन अवस्थामा छैटौं विकेटका लागि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । सन्दीपले ४० बलमा एक चौकासहित २७ रन बनाए ।

यस्तै, भीमले सातौं विकेटका लागि आरिफ शेखसँग पनि ५६ रनकै साझेदारी गरे । आरिफ ४३ रनमा अविजित रहे । कुशल मल्लले ३२ रन थप्दा ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीले समान ११ रन जोडे ।

सम्बन्धित् समाचार