गृहपृष्ठ Featured घोराही उपमहानगरले दियो विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन

घोराही उपमहानगरले दियो विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन

दाङ ।

दाङको घोराही उपमहानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ । सरकारी तथा निजी विद्यालयले भर्ना गर्दा जन्मदर्ता नखोज्दा धेरै बालबालिकाको जन्मदर्ता नहुने भएकाले आउँदो शैक्षिक सत्रदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिइएको हो ।

घोराही उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा घोराही–७ सौडियारमा आज मङ्गलवार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले यस्तो निर्देशन दिनुभएको हो ।

यसका लागि घोराही उपमहानगरपालिकाले सबै सरकारी तथा निजी विद्यालयलाई परिपत्र गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार