बुटवल ।
‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ। अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिला र पुरुष खेलाडी मैदानमा उत्रिएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, बिमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरु गरेका हुन् । उनी एकेडेमीका संरक्षक पनि हुन् ।
मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ ।








