गृहपृष्ठ Featured पाल्पामा यात्रुवाहक बस दुर्घटना : १ जनाको मृत्यु‚ ३६ घाइते

पाल्पामा यात्रुवाहक बस दुर्घटना : १ जनाको मृत्यु‚ ३६ घाइते

पाल्पा ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको जोरधारामा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका ३ सूर्यपुराकी ३६ वर्षीया राधिका पाैडेल रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटनामा परी ३६ जना घाइतेको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये पााच जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।

घाइते सबैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । रुपन्देहीको बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाादै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउापालिका ५ जोरधारामा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले बताए ।

बस राजमार्गभन्दा करिब ८० मिटर तल भीरमा खसेर अड्किएको छ । बसमा सवार सबै यात्रुका सामान भीरबाट निकालिएको छ ।

बायाँतर्फबाट आएको बस दाायातर्फ भीरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार