गृहपृष्ठ Featured तिनाउ खोलामा साथीहरुसँगै पौडी खेल्न गएका एक किशोर बेपत्ता

तिनाउ खोलामा साथीहरुसँगै पौडी खेल्न गएका एक किशोर बेपत्ता

पाल्पा ।

तिनाउ खोलामा साथीहरुसँगै पौडी खेल्न गएका एक किशोर बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् ।

तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित तिनाउ खोलामा डुबेर बुधबार रूपन्देहीको सिद्धार्थ नगरपालिका–८, भैरहवा गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय बेपत्ता भएका छन् ।

बेपत्ता किशोरको प्रहरी, स्थानीय र आफन्तले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

सम्बन्धित् समाचार