गृहपृष्ठ Featured एमएमएसबाटै लाइसेन्स छापिएको जानकारी

एमएमएसबाटै लाइसेन्स छापिएको जानकारी

काठमाडौं ।

सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भएको सम्बन्धी जानकारी दिन थालिएको छ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको लाइसेन्स छापिएको वा नछापिएको जानकारी लिने सेवा पुनः सञ्चालनमा ल्याएको हो ।

एक सूचना जारी गर्दै विभागले बुधबारदेखि अनलाइन फारम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रुपमा आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ ।

आफ्नो सवारी चालक अनुमतिपत्र छपाइ भई कार्यालयमा गए/नगएको जानकारी विभागको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने विभागले बताएको छ ।

‘अपुरो विवरण वा अन्य कुनै प्राविधिक कारणले १ वर्ष भन्दा बढी अवधिको स्मार्ट कार्ड छपाइ हुन बाँकी भए सम्बन्धित सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा बुझी आवश्यक परेमा आफ्नो विवरण अद्यावधिक गराई विभागमा सम्पर्क गर्दा त्यस्ता सेवाग्राहीको सवारी चालक अनुमतिपत्र यथाशिघ्र छपाइ गरी यस विभागको सहायता कक्षबाट उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ’ विभागले सूचनमा भनेको छ ।

सम्बन्धित् समाचार