काठमाडौं ।
सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ८५० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय पुगेको हो।
अघिल्लो कारोबार दिन प्रतितोला सुन १ लाख १० हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।








