गृहपृष्ठ Featured ओलीको दाबी– नक्कली शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने कोसिस भइरहेको छ

ओलीको दाबी– नक्कली शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने कोसिस भइरहेको छ

एमाले अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य र प्रमाण रहेको दाबी गरे। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो षड्यन्त्र तत्काल बन्द गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।

‘फेरी एकपल्ट म दोहो¥याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दैछु–दोषीलाई उम्काउने कोशिस भइरहेको छ। निर्दोषलाई फसाउने कोशिस भइरहेको छ। यो कुरा बन्द गरियोस्, ओलीले भने, ‘जेठ १९ कि २० मा परेको निवेदनअनुसार पक्राउ परेका मान्छे किन छोडियो ? पुलिसले छोडेको होइन । छोडन लगाईयो, बाध्य बनाइयो। यत्तिकै छुटे मान्छे ? छोड्न लगाईयो।’

सम्बन्धित् समाचार