गृहपृष्ठ Featured नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

पक्राउ परेका १६ जनालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौं लगेको थियो । पीडितहरुले दिएको बयानका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, इन्द्रजित राई, खाँणका सयहोगी नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् ।

सोही प्रकरणमा मुछिएका निरज राई र प्रतीक थापा हालसम्म फरार छन् । उनीहरूविरुद्ध प्रक्राउ पुर्जी जारी भइसकेको छ ।

थापा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन् भने निरज पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई छोरा हुन् ।

सम्बन्धित् समाचार